डोल्पामा सीधा यातायात सेवा सञ्चालन  « Khabarhub

डोल्पामा सीधा यातायात सेवा सञ्चालन 


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ । 

सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जदेखि सीधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए ।

आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको  जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगञ्ज लगायतका जुनसुकै जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए।

‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यातायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजिकरण गरेन भने सीधा मलाई फोन गर्नु,’ प्रजिअले भने । दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएको तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका १२ का सचिव रामप्रसाद शर्माले जानकारी दिए ।

आजबाट दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै पास भइरहेको उनले जानकारी दिए । नेपालगञ्जदेखि सिधै डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १२ : ४४ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण