‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’ « Khabarhub

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् ।

‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, उनले भने।

मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गरे । गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताए । उनले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताए । कानुनी दायरामा रहेर व्यापार गर्न उनले व्यापारीलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गति लिन नसकेको बताए । ‘बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ’, उनले भने । जबसम्म ब्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उनको भनाइ छ ।

हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए । नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याज चर्को बनाउँदा व्यवसायी मर्कामा परेको बताए । सरकारले नेपाली साना व्यवसायीलाई सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले राष्ट्रिय व्यापार सङ्घले व्यवसायीको हक, हितमा मात्र काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताए । व्यापार सङ्घले सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको उनले जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाउँदा व्यवसायी मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गरे । बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीले समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

सङ्घका उपाध्यक्ष रामचन्द्र पराजुली, पूर्वअध्यक्षहरू नयनबहादुर पण्डित क्षेत्री, रमेशचन्द्र वादे श्रेष्ठ, सल्लाहकार प्रज्ज्वलमान शाक्य, कृष्ण पराजुलीलगायतले व्यवसायीमैत्री वातावरण निर्माणका लागि राज्यले विशेष कदम चाल्नुपर्ने बताएका थिए । विसं २०६१ मा स्थापना भएको सङ्घमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको सङ्घका महासचिव वैकुण्ठ दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १ : २४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको