गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै « Khabarhub

गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरूको तथ्यांक संकलन गर्ने भएको छ । गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ । 

गाउँपालिका शिक्षा शाखाप्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो । संकलनकर्ताहरुलाई विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरणसहित पेसा, व्यवसाय, जनसङ्ख्या लगायतको विवरण संकलन गर्ने उनले बताए । 

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नका साथै विद्यालयबाहिर रहेका बालबालिकाको यकिन तथ्यांक आउने र उनीहरूलाई विद्यालयमा फर्काएर टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखाप्रमुख खड्काको भनाइ छ । त्यस्तै यसबाट निरक्षर व्यक्तिहरूलाई साक्षर बनाउन कार्यक्रम तर्जुमा गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ । जिल्लालाई नै साक्षर घोषणा गरिएको भए पनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनीहरूको यकिन तथ्यांक संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको हो । साथै यसबाट गाउँपालिकाको वास्तविक जनसङ्ख्या पनि पत्ता लाग्ने गाउँपालिकाको विश्वास छ । 

यी सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ३ : १६ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र