नगरपालिकाले पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाउने « Khabarhub

 नगरपालिकाले पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाउने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर  खस्ने समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो । पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ ।

पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । पाठेघरको रोगको पहिचान गर्न तथा त्यसको उपचारका लागि ‘सुनौलो परिवार नेपाल’बाट प्रशिक्षक ल्याई नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

‘दोस्रो चरणअन्तर्गत स्वास्थ्यकर्मीलाई आगामी माघ १ देखि ९ गतेसम्म घरघरमा खटाइनेछ’, उनले भने । एक सहयोगीका साथ स्वास्थ्यकर्मी वडाको प्रत्येक घरमा पुगेर उपचार प्रक्रिया थाल्नेछन् । आङ खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीले तत्काल रिङप्रेसरी लगाउनेलगायतका उपचार थाल्ने घिमिरेले बताए । आङ खस्ने तेस्रो वा चौथो चरणको अवस्थामा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने महिलाको तथ्यांक संकलन गरिनेछ । 

तेस्रो चरणअन्तर्गत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक  ल्याएर बिरामीको शल्यक्रिया गरिने नगर प्रमुख विमला राईले बताए । ‘नगरपालिकाले आफ्नै लगानीमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाएको छ’, उनले भने । दिक्तेलमा सम्भव नभए  अन्य सुविधा सम्पन्न अस्पतालमा लगेर भए पनि निःशुल्क उपचार गर्ने प्रमुख राईले बताए । 

‘पाठेघर जोगाउने अभियानमा नगरपालिका लागेको छ’, उनले भने, ‘पाठेघर खस्ने समस्या अधिकांश महिलामा देखिएको छ, यसप्रति नगरपालिका चिन्तित छ ।’ गत आर्थिक वर्षमा नगरपालिकाले विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले गत आवमा  बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खसेका महिलाको उपचारका लागि शिविर सञ्चालन गरेको थियो । 

‘स्वास्थ्य शिविरमा उपचार गर्न आउने महिलाको सङ्ख्या न्यून पाइएकाले अब घरघरमै गएर समस्या पत्ता लगाउँदै उपचार गर्ने कार्यक्रम तयार पारेका हौँ’, नगरप्रमुख राईले भने । अधिकांश महिला रोग लुकाएर बस्ने गरेको पाइएपछि उनीहरूको उपचारका लागि नगरपालिकाले सक्रियता देखाएको हो । हलेसी तुवाचुङमा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ३ : ३९ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण