सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्नु « Khabarhub

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्नु


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्य पक्षमा पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता जनाए ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोलाछाङ्रुकको चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिने उनको भनाइ छ । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भूमिकाका लागि आफूहरू परिचालित हुँदै आएको बताए । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : ०९ बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री