आगलागी हुदाँ १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

आगलागी हुदाँ १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली – चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

लोकबहादुर भण्डारीको घरमा गएराति साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन।

आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरीगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए।

उनका अनुसार लोकबहादुर खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन्। उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो। प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरीएको।

मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो।

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ। क्षतिको थप बिवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : २५ बजे

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका