अरु नेता जस्तै रविले विश्वास गुमाउँदै गए | Khabarhub Khabarhub

अरु नेता जस्तै रविले विश्वास गुमाउँदै गए

‘अहिलेका सबैभन्दा चतुर नेता ओली हुन्’


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरंगित छ । त्यो अभिव्यक्तिप्रति धेरैको टिप्पणी उठिरहेको छ । विशेष.गरेर मिडिया र मिडिया सञ्चालकमाथि गम्भीर आरोप लगाएपछि त्यससँग जोडिएका व्यक्ति र संस्थाप्रति धेरैले चासो देखाएको अवस्था छ । एकातर्फ गृहमन्त्री, उपप्रधानमन्त्री र संसदबाट बहिगर्मन भइसकेपछि यो प्रकारको आक्रोश र आवेग हुनुलाई धेरैले अपरिपक्वतासँग पनि दाँजेका छन् । संसदका चौथो ठुलो शक्तिका सभापतिले नाम नै तोकेर जुन आधारलाई प्रस्तुत गरेका छन्, त्यसले धेरै बहस र विवाद सिर्जना गरेको छ । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । रवि लामिछाने यसरी विवाद, बहस र आवेगमा आउनुको कारणबारे वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

पूर्व गृहमन्त्री भइसकेका र संसदको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झन् धेरै जनउत्तरदायी हुने बेला सबैको सार्वजनिक आलोचना गरेर सरकारबाट बाहिरिनु उचित थियो ?
उचित र अनुचित भन्दा पनि राजनीतिक नेतृत्व त्यस्तो होइन । रविजी पत्रकारिता गरेको मान्छे हो । अनुभव त उहाँमा पनि धेरै रहेको हुनुपर्छ । धेरै क्रियाकलापको कारण रविमा परिपक्वता नरहेको अवस्था रहेको छ । परिपक्क भनेको संघर्षले खारिएको मान्छे मात्र रहन्छ । आफ्नो कुरा सहि ढंगले उठाउने हो कि होइन, लोकप्रियता हासिल गर्न सहज रहन्छ । जसलाई थापित गर्न र दीगो बनाउन भने धेरै असहज हुन्छ। राजनीतिक रुपमा उहाँले जे कुरा राख्नु भयो, त्यसमा मलाई लाग्छ रवि जी परिपक्क मान्छे भने होइन । यो ढंगले जुटेर कार्य गर्न सक्नु हुन्न । केहि मिडियाहरु खराब पनि रहेका छन् । तर त्यसमा सबै भने त्यो तहसम्म पनि गएको छैन । जसकारण रविलाई केन्द्रमा राखेर पत्रकारिता चलिरहेको अवस्था होइन ।

मिडियाले खेदेको खेद्यै छ भन्नुको कारण गलत नभई त त्यसै आएन होला ?
मिडिया सञ्चालन गर्ने मानिसले पनि हामी नै अन्तिम सत्य हो भन्ने भावना राख्नु हुदैन । मिडियामा अन्तिम जानकारि तथा सत्य रुपमा लिएको अंहकारी भावनाको विकाश भएको अवस्था रहेको छ । खास गरेर मिडिया सञ्चारकर्मी हामीमा पनि त्यो नकारात्मक सोचको विकास भएको नै हुन्छ । जुन अंहकारले ग्रस्त नै भएको अवस्था थियो । रवि जी पनि धेरै समय मिडियामा विताएर राजनीतिमा लाग्नु भएको हो ।

सञ्चारगृहप्रतिको आक्षेप सम्पादक माथिको आरोप छ, त्यो आरोपमा कुन चाहि सत्य कुन चाहि असत्य हो ? र, त्यो छुट्याउने कसले हो ?
सत्य असत्य भन्ने कुरा अनुभव गर्ने हो । जसमा सबै भन्दा पहिलो जज आफैँ नै गर्ने हो । कुनै पनि कार्यको निधारण गर्ने हक खुद आफुमा मात्र रहेको हुन्छ । सहि र गलत दुई पक्ष मिलेर गर्ने काम हो । जसले आरोप लगाउने र लिने व्यक्तिले सोच विचार गर्नु पर्छ । रवि जीले कानुन तोड्ने काम गर्नु भएको अवस्था सिर्जना भएको छ ।

राजनीतिक रुपमा आफु सबल बन्नको लागि तथा आफु सरकार बनाउनको लागि त्यस्ता व्यक्तिलाई किन गृहमन्त्रीमा राखियो, त्यो गल्ती नेतृत्व तहमा बस्नेले गर्दा कस्तो रुपमा बाहिर आउला ?
यसमा तीन वटा गलत पक्ष रहेका छन् । जसमा रवि स्वयंम आफैँ गलत हुन् । जसको नियत राम्रो देखिएन । गठबन्धनको नेतृत्व जसको आफ्नो सरकार टिकाउन र समर्थन लिनको लागि रविको बोलि बचनलाई स्वीकार गरेर जिम्मेवारी प्रदान गर्नु दोस्रो गल्ती हो । गल्ती निर्वाचन आयोगको पनि रहेको छ । जसमा प्रजातन्त्र भनेको प्रयोगले, अभ्यासले, सस्ंकारले जस्तै जाने कुरा हो । त्यो कुरामा विश्वास गर्नु पर्छ । राजनीतिक प्रक्रिया कसरि अगाडि बढाउने, कानुनी कार्यको निकाय अनुसारको काम हुन दिन जरुरि रहेको छ । जसकारण छलफल गरेको बास्तविकता सबैमा जानकारी हुन आवश्यक छ ।

केपी शर्मा ओलीले रवि लामिछानेप्रति सदासहायता देखाएकोमा तपाईको विचार के छ ?
यसमा डरको भान भएको तथा राजनीतिक खेलको लागि माहिर रहनु हुन्छ । उहाँहरु त्यसमा कुनै संकोच नै मान्नु पदैन । ओलीले रविजीप्रति सहानभूति राखेर हेर्न यो गठबन्धनमा प्रचण्डलाई भोलिका दिनमा केहि परेमा सबैको हात रहन्छ, तिमी एक्लो हुन्छौ भन्न खोेजेको भान भएको छ । अहिलेको राजनीतिमा चतुर नेताको रुपमा म ओलीलाई चिन्छु । ओलीले पुष्पकमल दाहाललाई मुसो खेलाएझै खेलाउन त खोजेका हुन् । खेलाएका पनि छन् । कांग्रेसको विरुद्ध पनि ओलीले टिप्पणी गरेको अवस्था छ ।

नेताहरुप्रतिको विश्वास गुम्दै गएको अवस्था हो ?
विश्वास गुम्दै गएको भने होइन । नेताहरु आफैँले गुमाउदै जानु भएको हो । हामीले भने केहि गरेको अवस्था पनि छैन । आफुमा आफै नै नरहेको, हरेक कुरालाई हल्का रुपमा लिने र पछिको दिनलाई छोड्ने अवस्था तथा बानी नेता र अन्यमा नै भोलिवादको विकास भएको अवस्था चलिआएको थियो र चलिरहने पनि छ । रविको हकमा पनि उहाँले विश्वास गुमाउँदै जानु भएको छ ।

देशको आर्थिक पाटो, सामाजिक पाटो र राजनीतिक पाटोलाई मिलाउनु पर्ने र राष्ट्रिय सहमतिको सरकार बनाएर के बाडिचुडि खाने हो ?
राष्ट्रिय सहमति भन्दा पनि प्रतिनिधित्व गर्दै संसदमा बसेका बाहेक पनि व्यक्तिहरु रहेका छन् । अहिले संसदमा पुगेका शक्तिहरु एक ठाउँमा रहेर आपसी समझदारीमा देशलाई चलायमान तथा देशको विकासको लागि अगाडि बढ्न जरुरी छ। राष्ट्रिय सहमति होइन सरकारी सहमतिको रुपमा लिन सकिन्छ । राष्ट्रिय सहमति फरक र व्यापक कुरा हो । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

(प्रस्तुती : कुसुम गौतम)

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : ५८ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत