‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु « Khabarhub

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता, महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम सुरु गरिएको छ ।

‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहबीच सुरु गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम १९.५ मिलियन अमेरिकी डलरको रहेको छ । यस कार्यक्रमले नेपालमा लैङ्गिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ ।

कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ । कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसङ्घका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, राष्ट्रसङ्घीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ ।

समारोहमा मन्त्री चौधरीले महिलाको सशक्तिकरण नभई दिगो विकास नहुने उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले लैङ्गिक हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि विभिन्न कानून र संरचनागत व्यवस्था बनेको जानकारी गराउँदै कार्यान्वयनमा सबैको योगदान आवश्यक पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : १२ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र