सात वर्षीया बालिकाका हत्यारालाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा « Khabarhub

सात वर्षीया बालिकाका हत्यारालाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर गर्दै आरोपी अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो ।

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको घर नजिक बोरामा हालेर फालिएको अवस्थामा फेला परेको थियो । बयानका क्रममा साहले आरोप स्वीकार गरेका थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

घर स्थानीयको नियन्त्रणमा

बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयले नियन्त्रणमा लिएका छन् । गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ । सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए ।

सो घरमा कोही बसेका छैनन् भने घरभित्र जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि छैन ।

घर वरिपरि झारपात पलाएको छ भने शुभम बस्तीको बीचमा ठडिएको यो घर पूर्णरुपमा एक्लिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : ३१ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु