सात वर्षीया बालिकाका हत्यारालाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा « Khabarhub

सात वर्षीया बालिकाका हत्यारालाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर गर्दै आरोपी अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो ।

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको घर नजिक बोरामा हालेर फालिएको अवस्थामा फेला परेको थियो । बयानका क्रममा साहले आरोप स्वीकार गरेका थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

घर स्थानीयको नियन्त्रणमा

बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयले नियन्त्रणमा लिएका छन् । गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ । सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए ।

सो घरमा कोही बसेका छैनन् भने घरभित्र जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि छैन ।

घर वरिपरि झारपात पलाएको छ भने शुभम बस्तीको बीचमा ठडिएको यो घर पूर्णरुपमा एक्लिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : ३१ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र