बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे « Khabarhub

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।

अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन् ।

चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : ०६ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष