सोमबारको भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा « Khabarhub

सोमबारको भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको जनाएको हो ।

रोयटर्सका अनुसार भूकम्पका कारण टर्कीमा ३५ सय र छिमेकी मुलुक सिरियामा १६ सय जनाभन्दा धेरैको मृत्यु भएको छ । भूकम्पमा अरु कैयौँ घाइते भएका छन् भने बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित मुलुकका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।

खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
एर्दोगानले दक्षिणी टर्कीमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताएका छन् । हाल भूकम्प प्रभावित क्षेत्रमा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेप प्रान्तमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित भएका छन् ।

यसअघि एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : १२ बजे

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा