फाइल तस्वीर

राजनीति

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : नारायणमान बिजुक्छेँ

By खबरहब

February 07, 2023

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताएका हुन् । अध्यक्ष बिजुक्छेँले नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागू रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था देखियो ।

जनतालाई राजनैतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागू गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप थियो ।