महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई « Khabarhub

महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०७९ को उपाधि न्यू डायमण्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि उचालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ ले जितेको न्यू डायमण्डले दोस्रो सेट १९–२५ ले एपिएफलाई सुम्पन पुग्यो । तेस्रो सेट पुन २५–२२ ले आफ्नो पक्षमा पारेको डायमण्ड चौथो सेट पुन एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो । २–२ को बराबरीको अवस्थामा अन्तिम तथा निर्णायक सेट न्यू डायमण्डले १५–९ ले आफ्नो पक्षमा पार्न सफल भए पश्चात उपाधि जितेको हो ।

उपाधि विजेता न्यू डायमण्डले रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । न्यू डायमण्डीकी प्रगति नाथ प्लेयर अफ दी म्याच घोषित हुँदै रु १० हजार र ट्रफी प्राप्त गर्न सफल भइन् । उपविजेता एपिएफले रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पा¥यो । पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो । पुलिसले रु ७५ हजार प्राप्त ग¥यो । पुलिसकी उषा भण्डारी प्लेयर अफ दी म्याच घोषित भइन् । उनले रु १० हजारसहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी प्रतिभा माली घोषित भइन् । उनले रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपिएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट लिब्रोमा न्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यू डायमण्डका कुमार राई, उदीयमान खेलाडीमा न्यू डायमण्डकी सलिना बुढामगर घोषित भए ।

विधागततर्फका उत्कृष्ट हुने खेलाडीले रु १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । विजयी टिम तथा खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, ओलम्पियन दीपक विष्टलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : ३१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क