ए डिभिजन लिगमा आज दुई खेल हुने | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दुबै खेल दिउँसो साढे २ बजे एकैसाथ सुरु हुनेछन्।

एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् भने फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच च्यासल मैदानमा प्रतिस्पर्धा हुनेछ।

चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ। उसले पहिलो खेलमा पुलिस क्लबलाई हराएको थियो। खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ। खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो।

फ्रेन्ड्स र थ्रीस्टार भने पहिलो जितको खोजीमा छन्। फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो भने थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ११ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ