हामी जनताको अभिमतको पालना गर्छौं | Khabarhub Khabarhub

हामी जनताको अभिमतको पालना गर्छौं

हाम्रो पुस्ताले देश निर्माणको अगुवाइ गर्नुपर्छ


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ को चुनाव अगाडि सबै दलले विगतका कमजोरी त्यागेर जनताको काममा केन्द्रित हुने प्रतिबद्धता जनाएका थिए। तर आज राजनीतिक दल सत्ताको खेलमा लिप्त भएको देखिन्छ। सरकार गठन भएको दुई महिनामै सत्ता समीकरणमा फेरबदल आइसकेको छ। यसले राजनीतिक अस्थिरालाई थप बढाएको छ। राजनीतिक दलहरुको यो क्रियाकलापमा राष्ट्रका समस्या र जनताका समस्या परेका छैनन्। अबको राजनीतिक कसरी अगाडि बढ्नुपर्छ ? किन नेताहरु प्रतिबद्धतालाई भुलेर सत्ताको खेलमा मात्र सक्रिय छन् ? यी र यस्तै विषयमा आधारित भएर पूर्व मन्त्री एवम् नेकपा (एमाले) नेता शेरबहादुर तामाङसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
राजनीतिक दल कुन खालको राजनीतिक अभ्यासमा अगाडि बढेको देख्नुहुन्छ ?
चुनावमा बहुमत कसैको आएन। बहुमत कसैको नआएपछि अब पाँच वर्ष फेरि राजनीति अस्थिरतातर्फ नै जाने देखिन्छ। विगतको परिघटनाले त्यो दृश्यलाई प्रष्ट पारेको छ। स्थिरताको लागि राजनीतिक दलमा सचेतना पूर्वक अभ्यास गर्ने बानीको विकास हुनु जरुरी छ। मुलुक बढी राजनीतिक अस्थिरता तर्फ जानुका पछाडि जनमत पनि एउटा कारण हो। दलहरुले देश र जनताका लागि काम गर्ने हो भने यसलाई स्वीकार गरेर अगाडि बढ्न सकिन्छ। तर प्रतिपक्षलाई बाइपास गरेर अगाडि बढ्नु राम्रो हुँदैन।

प्रतिपक्षी दल संसद र संवैधानिक परिषदमा जिम्मेवार हुन्छ। कसरी बाइपास भएको छ र एमाले ?
बाइपास भनेको मैले कुनै मन्त्रिमण्डल, पदीय हैसियतको कुरा गरेको होइन। मैले राजनीतिक मनोविज्ञानको बाइपासको कुरा गरेको हो। आज जुन किसिमले एमालेलाई चार्ज लगाउनु भएको छ त्यसलाई बाइपास भनिन्छ। एमालेलाई सविधान विरोधी भनेर भन्नु नै बाइपासको रुप हो। एमालेलाई बाइपास गरेर यो मुलुक अगाडि बढ्दैन। जनताले सबैभन्दा बढी मत एमालेलाई दिएका छन्। जनताले सबै भन्दा बढी मत एमालेलाई दिएकाले यो पार्टीलाई बाइपास गरेर धारे हात लगाएर केही हुँदैन।

हाम्रो मुलुकमा धेरै समस्या देखिन्छन्। समस्या समाधान हुन् भन्ने आम जनता चाहना हो। तपाईंहरु के गर्दै हुनुहुन्छ ?
हाम्रो देश धेरै गरिबीको चपेटामा परेको छ। धेरै ऋण बोक्ने देश भनेर चिनिएको छ। मुलुकका जति पनि समस्या छन्। त्यसको समाधान एक दिनमा हुँदैन। तलब भत्ताका लागि पनि ऋण गर्नुपर्ने अवस्था छ। हाम्रो सरकार परिवर्तन हुँदा नयाँ योजनाको सोच विचार जनताले बनाएका हुन्छन्। त्यो सरकारले पुरा नगरेको हो। त्यसले जनतामा अविश्वास व्यप्त छ।

जनताको आक्रोशलाई चाहिँ तपाईंले कसरी हेर्नु भएको छ ?
जुनसुकै मुलुकको पनि राजनीतिक परिवर्तनका लागि निर्णायक जनता नै हुन्छन्। हामीले सविधानमा सार्वभौम सत्ता जनतामा निहित हुने कुरा उल्लेख गरेका छौं। जनताको निर्णय जे हो त्यसमा नै हामी रहने हो। चुडिएको चङ्गा जस्तो दलसँगको भरोस भने टुटेको छैन। सकारात्मक रुपमा नेतृत्व गर्न सके जनताले स्वीकार गर्छन्।

जनताले अनुभूत गर्ने गरी अहिले सरकार वा दलले के गर्न सक्छन् ?
रातारात जादुको छडी जस्तो कसैले केही गर्न सक्दैन। नकारात्मक पक्षहरु धेरै बढेका छन्।। दलहरु सच्चिनुपर्छ। देश र जनताका विषयमा काम गर्दा सबैले हातेमालो गर्नु आवश्यक हुन्छ। विकासका लागि जनताले नेतालाई जिम्मेवारी दिएका छन्। यसमा नेतृत्वको सुझबुझ आवश्यक देखिन्छ।

दलको नकारात्मक व्यवहारले देश बिग्रिएको हो ?
दलहरु हामी सबै यो समाजका उत्पादन हौं। शेरबहादुर देउवाले अमेरिकन भएर सोच्दा नेपालले मान्दैन। केपी ओलीले जापानीज जस्तो सोच्दा त्यो पनि हुँदैन। हामी सबै नेपाली समाजको वास्तविकतामा रहेका मान्छे हौं। वास्तविकतामा अगाडि बढ्नुपर्छ।

पछिल्लो राजनीतिक परिवर्तनपछि तीन दशकमा जनताले के पाए ?
जनताले के पाए भन्दा पनि हामीले हाम्रो समाज तथा सरकारलाई सकारात्मक ढंगले अगाडि बढाउन नसकेको यथार्थ हो। छोटो समयमा ठूलो राजनीतिक परिवर्तन भए पनि विकास र समृद्धिमा हामी चुकेका छौं। सम्भावना धेरै छन्। छोटो समयमा धेरै परिर्वतन नेपालले गर्न सक्छ। तर त्यसको सुरुवातमा गर्न मात्र एकजुट हुनु आवश्यक छ।

राजनीतिक दलले जनता र राष्ट्रको निमित्त कहिले सोच्ने ?
हाम्रो यो पुस्ता जनताको मर्म बुझेर अगाडि बढ्ने प्रयासमा छ। सधै एउटा शक्ति निर्णायक हुँदैन। अहिले जनताले हामीलाई निर्णायक जिम्मेवारी दिएका छैनन्। तर जनताको अभिमततको पालना हामीले गर्नुपर्छ। हाम्रो पुस्ता सकारात्मक ढंङ्गले मुलुक निर्माणको अगुवाइ गर्ने बाटोमा अगाडि बढ्नुपर्छ। हामी राजनीतिक दलको पद अनुसार हाम्रो भूमिका निर्वाह गर्छौ। हाम्रो मुलुकलाई धनी बनाउन हामी सक्छौं। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : १० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको