नेपाली सेनाद्वारा विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान  « Khabarhub

नेपाली सेनाद्वारा विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान 


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो।

१८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाइ भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयं नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्ने छ। १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ।

आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ३७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९