साउदी र इरानी परराष्ट्रमन्त्रीबीच वार्ता « Khabarhub

साउदी र इरानी परराष्ट्रमन्त्रीबीच वार्ता


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– साउदी अरब र इरानका बीचमा एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ । साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले सो वार्ताको मध्यस्थकर्ता गरेको थियो । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमति भएको थियो । सो सहमति पछि कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि दुवै देशले राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति कायम गरेका हुन । 

इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच एकअर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बने अनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाईएको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने विषयमा सहमति गरेका हुन्। समाचारअनुसार एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलहरुको द्धिपक्षिय भ्रमणलाई पुनः निरन्तरता दिने, ब्यापार खुल्ला राख्ने तथा हजलगायतमा इरानी नागरिकलाई आउन सहज गर्नेलगायतका विषयमा दुवै पक्ष बिच सहमति कायम भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : २१ बजे

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको