पदम लिम्बुलाई सहिद घोषणा गरिने | Khabarhub Khabarhub

पदम लिम्बुलाई सहिद घोषणा गरिने


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । त्यसैगरी उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरिएको छ।

उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : ४३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन