पदम लिम्बुलाई सहिद घोषणा गरिने « Khabarhub

पदम लिम्बुलाई सहिद घोषणा गरिने


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । त्यसैगरी उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरिएको छ।

उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : ४३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल