'अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी' | Khabarhub Khabarhub

‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ।

नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।

 प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो। तर वाइडेन आए पछि बनाइएको सो  प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको छ।

अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो । अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानबाट निकाल्ने कार्य गर्‍यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो । 

 विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन्। यो समीक्षा प्रतिवेदन गोप्य रुपमा संसद्मा पठाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ०३ बजे

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार