मेन्छियाम हाइड्रोपावरले आईपीओ खुल्दै « Khabarhub

मेन्छियाम हाइड्रोपावरले आईपीओ खुल्दै


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो ।

हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ । 

यसैगरी, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यस आईपिओमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी- आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ३७ बजे

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

बेइजिङ- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम

बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरूका विषयमा

समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको

हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट

काठमाडौं– निर्देशक सरोज पौडेलले मध्यपश्चिमको प्युठानमा स्कुल जीवन बिताए ।