किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ « Khabarhub

किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ परेकी छिन् ।

प्रहरीले सरकारी कार्यालयहरुको कागजात, छाप र कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुठो लिखत तथा नक्कली सिफारिस तयार पारेर काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नक्कली नागरिकतासहित सनमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

२७ वर्षीया गुरुङलाई बौद्धबाट पक्राउ गरी नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनी तिब्बतबाट भारतको बिहार र दिल्ली हुँदै विगत दुई वर्षदेखि बौद्धको टुसाल शिविरमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले नागरिकता बनाउनका लागि कृष्णबहादुर कटुवाललाई ५ लाख रुपैयाँ दिएको खुल्न आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ५४ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न