जनमत पार्टीका नेता खानलाई सांसद पदबाट निलम्बन गर्न माग « Khabarhub

जनमत पार्टीका नेता खानलाई सांसद पदबाट निलम्बन गर्न माग


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय एकता अभियानले जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले खानको अश्लील भिडियो बाहिरीएकाले निलम्बन गर्नुपर्ने माग गरेको हो ।

सांसद खानले कुनै महिलासँग भर्चुअल अश्लील कार्य गरेको भिडियो केहीदिन अघि सार्वजनिक भएको थियो । सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य(दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवं समग्र राजनीतिक प्रणालीकै शिर निहुरिएको छ।’

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : १६ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र