जनमत पार्टीका नेता खानलाई सांसद पदबाट निलम्बन गर्न माग « Khabarhub

जनमत पार्टीका नेता खानलाई सांसद पदबाट निलम्बन गर्न माग


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय एकता अभियानले जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले खानको अश्लील भिडियो बाहिरीएकाले निलम्बन गर्नुपर्ने माग गरेको हो ।

सांसद खानले कुनै महिलासँग भर्चुअल अश्लील कार्य गरेको भिडियो केहीदिन अघि सार्वजनिक भएको थियो । सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य(दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवं समग्र राजनीतिक प्रणालीकै शिर निहुरिएको छ।’

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु