हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका- १ बस्ने २७ वर्षीय सन्तोष सिंह, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने ३५ वर्षीय इश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध नाईट्रोभेट २९९ ट्याबलेटसमेत बरामद गरेको छ । आज दिउँसो १२ः२० बजेको समयमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नं को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट सो परिणामको लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ३४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा