हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका- १ बस्ने २७ वर्षीय सन्तोष सिंह, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने ३५ वर्षीय इश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध नाईट्रोभेट २९९ ट्याबलेटसमेत बरामद गरेको छ । आज दिउँसो १२ः२० बजेको समयमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नं को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट सो परिणामको लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ३४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु