मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना « Khabarhub

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू रहेको बताएका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थमन्त्रीले आग्रह गरे । त्यस अवसरमा उनले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका सङ्घमा आवद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।

साधारणसभाको सफलताको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग अपरिहार्य भएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : १७ बजे

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा