मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना « Khabarhub

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू रहेको बताएका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थमन्त्रीले आग्रह गरे । त्यस अवसरमा उनले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका सङ्घमा आवद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।

साधारणसभाको सफलताको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग अपरिहार्य भएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : १७ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी