समृद्धिको लागि कांग्रेस र एमाले मिल्नुपर्छ « Khabarhub

समृद्धिको लागि कांग्रेस र एमाले मिल्नुपर्छ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वैशाख १० गते तीन वटा क्षेत्रमा भएको उपनिर्वाचनमा नेकपा (एमाले)ले आफ्नो प्रभाव देखाउन सकेन। यो निर्वाचनले एमालेलाई सच्चिने पाठ पढाएको छ। यसमा उसको कमजोरी के हो ? कतिपय सन्दर्भमा कांग्रेसलाई हराउन पनि एमालेले आफ्नो पक्षमा भोट हालेन वा अरूलाई सघायो भन्ने कुरा पनि आइरहेका छन्। यतिबेला देशमा सरकार छ तर त्यसले अझै पनि पूर्णता पाउन सकेको छैन। सरकार गठन भए पनि उपस्थिति बलियो बनेको छैन। एमालेलाई कसरी सुधार गर्न सकिन्छ ? अबको बाटो कस्तो हुनुपर्छ ? यी र यस्तै विषयमा नेकपा (एमाले)का युवा नेता वचनबहादुर सिंहसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

उपनिर्वाचनमा एमाले नराम्ररी पछारियो होइन ?
हामी पराजय भयौँ। संसदीय व्यवस्थामा गएपछि विजय र पराजय अवश्य हुन्छ। हामीले कसैलाई हराउन जा झेल गरेको होइन। अहिले हेर्दा नेकपा (एमाले) दोस्रो स्थानमा छ। मङ्सिरको चुनावको आधारमा हेर्ने हो भने सबै भन्दा बलियो पार्टी हो। अहिले जो पुराना र ठूला दल अब हामीले परिवर्तनको पक्षमा रहेका युवामा उच्च सम्मान दिने कुरा र उहाँहरूको आधारमा अगाडि जाने कुरा एउटा चुनौतीको रूपमा आएको छ। जनताको रोजाइमा नपरे विजय हुन नसक्ने एउटा कुरा हो। तर हामीले उठाएका उम्मेदवार कुनै कमीकमजोरी दाग भएका थिएनन्। सबै कुरामा योग्य थिए।

उपनिर्वाचनको मत परिणामले ठूला पार्टीलाई झस्कायो नि ?
मतदाताको रोजाइमा राम्रो भन्दा नयाँ मान्छे रोज्ने वातावरण भयो। अहिलेसम्म छिटोछिटो परिवर्तन खोज्ने तर त्यसलाई दीर्घ रूपमा लैजान नसक्ने अवस्था भएको छ। राज्यबाट लाभ लिने मान्छेले छिटो परिवर्तन खोजेका छन्। पानीको मुहानबाट निस्केको पानी मुहानमा जति शुद्धता छ तल बग्दै जाँदा त्यति शुद्ध नहुनसक्छ। किनभने राज्यको मुकाम संघ सरकारको मुकाम काठमाडौँ भएपछि विकास त्यहाँ बढी भएको छ। तर यसले त्यो विकासलाई आम जनस्तरमा पुर्याउँदैन। त्यो सहरिया वर्गले सोचेन।

पार्टी भनेको नेता बन्ने मात्र हो भन्ने जनगुनासो आइरहेको छ। अहिले अयोग्य लडाकुलाई दिने दुई लाख रुपैयाँमा एमालेको किन विरोध गरेको ?
एमालेले अयोग्य लडाकुलाई दिने रकममा दोहोरो चरित्र गर्यो भन्नु गलत हो। हाम्रो पालामा भएको होइन। द्वन्द्व कालको समस्या समाधान हुँदा अयोग्य लडाकुलाई पहिला के कारणले योग्य भए र के कारणले अयोग्य भए त्यो जान्नु पर्छ। झन्डै ४८ सय लडाकु क्यान्टोनमेन्टबाट गायब भए। १९ अरब भन्दा बढी पैसा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बुझेको भन्ने कुरा नेत्रविक्रम चन्दले भन्नुभयो। तर त्यो पैसाले प्रचण्डलाई पुगेन। देश आर्थिक हिसाबले संकटग्रस्त अवस्थामा छ। वृद्धभत्ता, स्वास्थ्य बिमा दिन सकेको छैन। तर लडाकुलाई दिन पैसा ल्याउँछ। कति छन् लडाकु, को को हुन् थाहा छैन। तिनलाई बरु योग्य बनाऊ, सीप सिकाउ न, ती अयोग्यलाई दुई करोड कमाउने सीप दियौँ न दुई लाख दिनु भन्दा। त्यसैले यो वैज्ञानिक पनि छैन, नैतिक पनि छैन। त्यसैले यो बढ्ने कुरा प्रचण्ड र कार्यकर्ता पोस्ने कुरा हो।

यो विरोध गर्ने माथि बहिर्गमन जनमुक्ति सेनाले आन्दोलन गर्ने भनेको छ नि ?
प्रचण्ड आफैमा अस्थिरताको प्रतीक हुन्। उहाँले १० वर्ष जनयुद्धको नाममा धन युद्ध सञ्चालन गरे। यो आन्दोलन गराएर उनले फेरि देशलाई अस्थिरताको अवस्थातर्फ लैजान खोजेका हुन। यो गठबन्धनको उद्देश्य भनेको आलोपालोका मात्र भयो। त्यसैले हामीले विरोध गरेका हौं।

पुत्ला दहन के को विरुद्धमा थियो ?
एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमण भनेको नेपालमा बलियो राजनीतिक शक्ति र बलियो नेता सुखी नेपाली संवृद्ध नेपालको परिचय दिएको नेतालाई कमजोर पार्नका लागि हो। एमाले र ओली कमजोर हुनु भनेको नेपालको राष्ट्रिय एकता कमजोर हुनु हो। अहिलेको संसद्को आयु पाँच वर्षको होइन। अहिले जे भएको छ त्यो मुलुकको हितको काम भएको छैन। प्रचण्ड दुई लाख दिन्छु भन्ने तर अर्थ मन्त्री नमान्ने यो अस्थिरता हो।

यो मुलुकलाई शान्ति र विकास तिर लैजान के गर्नुपर्ला ?
यो मुलुकलाई शान्ति र विकास तिर लैजाने हो भने, नेपाली कांग्रेसका शीर्ष नेता र एमालेका शीर्ष नेता कुल माइन भएर सोच्नु आवश्यक छ। यो संविधान र संघीयताको कुन रूपमा काम गर्ने त भनेर। अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरेर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ। संघीयता आवश्यक हो, प्रदेश सरकार होइन। यो खारेज गर्नुपर्छ। च्याउ उम्रिएका जस्तो नयाँ पार्टीलाई रोकेर ठूला दलहरू एमाले र कांग्रेस मिल्नु आवश्यक छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : १६ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले