रियल म्याड्रिड कोपा डेल रेको च्याम्पियन बन्यो  « Khabarhub

रियल म्याड्रिड कोपा डेल रेको च्याम्पियन बन्यो 


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २-१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो । 

सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्दतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो ।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । र, पहिलो हाफको खेल १-० मा नै टुंगिन पुगेको थियो । 

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्दत पुग्यो । 

रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३४ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि