बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन « Khabarhub

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि १६ जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ।

नेपाल प्रेस सोसाइटी सूर्यविनायक, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिएका हुन्। उनका अनुसार बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

मुख्यमन्त्री थापामगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्मको शिक्षा सुनिश्चित गरिने बताए। आवश्यकताअनुसार त्यस्ता बालबालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उनको भनाइ छ।

रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि प्रदेश सरकारले स्थानीय तथा सङ्घीय सरकारसँग समन्वय गरी उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको मुख्यमन्त्री थापामगरले बताए।

बाढीपहिरोका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका विभिन्न स्थानीय तह प्रभावित भएका छन्। विपद्का कारण ती जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रदेश सरकारले जनाएको छ।

बाढीमा ज्यान गुमाएकाको शव व्यवस्थापन तथा अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको मुख्यमन्त्री थापामगरले जानकारी दिए

त्यस्तै, बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवातर्फ मेसिन परिचालन गरिएको छ। सडक सञ्चालनका लागि आवश्यकताअनुसार वैकल्पिक मार्ग निर्माणको कामसमेत भइरहेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लालाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको मुख्यमन्त्री थापामगरले बताए।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ३५ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा