शहीद स्मारक लिगमा आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक लिगमा आज दुई खेल हुँदै


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

छैटौँ  जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलबाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रदैँछ । 

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ । पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलबाट २० अंक जोडेको आर्मी छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी