चार्ल्स तृतीयाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन « Khabarhub

चार्ल्स तृतीयाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । 

शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बेलायती राजतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने विरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूले राज्याभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्क्वायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र विरोधी अभियानका विरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरूले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरूले टिसर्टमा राजतन्त्र विरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४८ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को