मोदी इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज « Khabarhub

मोदी इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने  बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले उक्त आईपीओ निष्कासन गरेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ३४ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि