प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले सचेतक « Khabarhub

प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले सचेतक


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटना छानबिन गर्न चुनौती दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए ।

एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ५९ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र