आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत « Khabarhub

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उनले ‘आव २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै आशा गरेअनुरुप राजस्व परिचालन हुन नसकेको र सार्वजनिक ऋणको दायित्व बढ्दै गएको बताए ।

उनले भने, “सरकारी खर्चको प्राथमिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छ । साधारण खर्च वृद्धि हुँदै गएको छ, आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्यून हुनाका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन ।”

उक्त प्रस्तावमाथि यही वैशाख २५ र २६ छलफल हुनेछ । राष्ट्रिसभाका सदस्यले प्रस्तावमाथि उठाएका जिज्ञासाको अर्थमन्त्री डा महतले २६ गते जवाफ दिनेछन् । ती दुवै दिन अर्थमन्त्रीले राखेको प्रस्तावमाथि केन्द्रित भई छलफल हुने अध्यक्ष तिमिल्सिनाले सभालाई जानकारी गराए ।

सभामा उठाइएका विषयवस्तुको टिपोट गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संसद् सचिवालयलाई बैठकमा निर्देशन दिइयो । राष्ट्रियसभाको अर्का बैठक यही सोमबार बिहान १० बजेर ३१ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ५९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार