गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।

सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ४५ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।