तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार ठुलो गोलभेँडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ तोकिएको छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ।

स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्री हुँदा लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोशा १४० रुपैयाँमा पाइन्छ।

परवल ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौँला ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७४ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ।

त्यस्तै, तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ १५४ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ भने ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदिना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइनेछ।

यसैगरी, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ, दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा, मौसम १९० रुपैयाँ, लोकल काक्रो ११६ रुपैयाँ, रुख कटहर ३६ रुपैयाँ ६७ पैसा, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, लोकल लिच्ची १३३ रुपैयाँ ३३ पैसा, अदुवा २४५ रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको लसुन (नेपाली) २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २३७ रुपैयाँ ५० पैसमा किनबेच भइरहेको छ।

रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ खरिद गर्न सकिनेछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : १५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा