शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा | Khabarhub Khabarhub

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ ।

नगरप्रमुख विवश चिन्तनले कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक अवस्था कमजोर हुन पुगेकाले उपचारात्मक कक्षा सुरु गरेको बताए । 

नगर क्षेत्र आधारभूत तह तथा माध्यमिक तहका सबै विद्यालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

‘नतिजा कमजोर देखिएका विद्यालयमा शैक्षिक सुधार गर्नै पर्ने अवस्था छ’, उनले भने, ‘त्यसका लागि विद्यालयले नतिजा कमजोर देखिएका विद्यार्थीको छनोट गरी थप ७२ घण्टा आधारभूत तह र माध्यमिक तहका विद्यालयले अनिवार्य कक्षा सञ्चालन गरी कमजोर देखिएको विषय पढाउनुपर्छ ।’

विद्यालयले उपचारात्मक कक्षा पढाएबापत शिक्षकले प्रतिकक्षा तीन सय ५० रुपैयाँका दरले पारिश्रमिक पाउने जानकारी दिए । ‘शिक्षकलाई अतिरिक्त कक्षा पढाएबापत नगरपालिकाले शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक विद्यालयलाई २५ हजारका दरले रकम उपलब्ध गराएको छ’, चिन्तनले भने, ‘विद्यालयले कमजोर भएका विषयका विद्यार्थीका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनु पर्नेछ ।’

उपचारात्मक कक्षामा विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा कमजोर रहेको विषयका आधारभूत कुरा जानकारी गराइने र त्यसले बालबालिकाको शैक्षिक अवस्थामा सुधार आउने नगरपालिकाको विश्वास छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : २६ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।