राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो : सांसदहरू | Khabarhub Khabarhub

राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो : सांसदहरू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले  बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरिन्।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरिन्।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा सङ्घीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे। सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनता बीचमा नराम्रो सन्देश दिएको बताए।

सांसद भुवनबहादुर सुनाले भूमिहीन, दलित सुकुम्वासीलाई आगामी आर्थिक वर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन्।

सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १२ : ३८ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।