फिदिममा सार्वजनिक शौचालयको अभाव « Khabarhub

फिदिममा सार्वजनिक शौचालयको अभाव


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाँचथर– सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन् भन्दा धेरैलाई विश्वास नलाग्ला तर नयाँ सहरका रुपमा विकास भइरहेको सदरमुकाम फिदिममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन् । नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाइँसराइ रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र यात्रु शौचालय खोजेर भौँतारिने गर्छन् । 

सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न दिन उनीहरूले याचना गर्नुपर्छ । शौच गर्नकै लागि पर्यटक, बटुवा र यात्रु होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ । यात्रु बुद्धिमान स्याङनात पनि त्यसरी दुःख पाउनेमध्येका एक हुन् । जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा छन् । 

‘नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ, ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन्, नौलो मान्छेलाई समस्या छ नि’, स्याङनातले भने, ‘शौचालय त अति आवश्यक देखिन्छ, तर नगरपालिका भए पनि अहिलेसम्म किन नबनाएको होला रु मैले बुझ्न सकेको छैन् ।’ फिदिमको गणतन्त्र चोकमा भेटिएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ । ‘यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनुपर्ने हो, बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ’, सुहाङले गुनासो गर्दै भनिन्। 

अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको बताउँछन्। ‘बाहिरबाट आउने यात्रुहरु शौचालय कहाँ छ भन्छन्, हामीले कहाँ देखाइदिने ?’, तामाङले भने, ‘होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ ।’ शौचालय निर्माण गर्ने विषयलाई नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ । आहाल गैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी साधन रोकिने क्षेत्रमा सार्वजनिक शौचालय अत्यावश्यक रहेको बताउँछन् । 

हिमाल यातायातको फिदिम काउण्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज व्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउँछन् । ‘बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुनसकेका छैनन्, यात्रुहरु बजारमै उत्रन चाहन्छन्, उनीहरुको काम पनि यतै हुन्छ, यहाँ न पार्किङ सहज छ, नत शौचालयको व्यवस्था नै’, साँवाले भने, ‘पार्किङ सहज बनाइ सोही स्थानमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ ।’

आफ्नो होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्दा मासिक रु २० हजारभन्दा बढी खर्च हुने गरेको व्यवसायी पूर्ण सम्बाहाम्फेको भनाइ छ । सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेट बाहिर यात्रु उत्रिएर बजारभित्रका काम गर्ने मुख्य ठाउँ हो । ‘मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन्, बालबालिका, बुढापाका अभर परेर आउँछन्, मैले दिन्न भन्नुभएन’, सम्बाहाम्फेले भने, ‘मेरो शौचालयको सेफ्टी ट्यांकी सानो छ, मैले प्रत्येक महिनामा सेफ्टी ट्यांकी सफा गराउनुपर्छ, यसो गर्दा मासिक रु २० हजार खर्च भइरहेको छ, नगरपालिकामा बिल हेरे हुन्छ ।’

नगर उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार बर्सेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको व्यवस्था गरिए पनि सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी भइरहेको छ । संरचना निर्माण गर्न जग्गा खरीद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रबन्ध गर्न सकेको छैन् । शौचालय निर्माणकै लागि मुख्य चोकमा लाखौं मूल्य पर्ने जग्गा उपलब्ध गराउन स्थानीय पनि तयार छैनन् । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  २ : ५९ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर