मान्ममा बनाइएका अनधिकृत संरचना हटाइँदै « Khabarhub

मान्ममा बनाइएका अनधिकृत संरचना हटाइँदै


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट सदरमुकाम मान्ममा अनधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रुपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । ‘बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ’, उनले भने, ‘अनधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफैँले हटाउने निर्णय भएको छ ।’ 

सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए। ‘पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ’, उनले भने, ‘नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ ।’

सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्णरुपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । ‘नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौंँ’, उनले भने, ‘अवैध संरचना बनाउनु गैरकानुनी काम हो ।’

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : ४२ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा