पल र सनिशाको उत्कृष्ट अभिनय रहेको ‘लुम्बिनी’ सार्वजनिक « Khabarhub

पल र सनिशाको उत्कृष्ट अभिनय रहेको ‘लुम्बिनी’ सार्वजनिक


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुने । उक्त एल्बममा शब्द, सङ्गीत र  आवाज उनैको रहेको छ भने महिला गायिकामा उन्नु चौधरी रहेकी छन् । 

एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृष्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।

विष्णु खत्री नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्युब च्यानलमा सार्वजनिक गरिएको  दुई दिनमै चार लाखले उक्त हेरिसकेका छन् । उक्त गीतले करोड क्लब नाघ्ने आँकलन गरिएको छ ।

उक्त गीतलाई आफ्ना पुराना गीतहरू जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरूमा गायक खत्रीले अनुरोध गरेका छन् ।  खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृष्ट  बनाउन अथाह मिहेनत गरेको बताए ।

आफ्ना अघिल्ला एल्बमजस्तै  युट्युबको ट्रेन्डिङ नम्बर १ देखि करोड कल्ब माथिसम्म पुर्‍याउन दर्शक स्रोताले दिएको अपार माया प्रति आभार र कृतज्ञता प्रकट  गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् । 

विगत २५ वर्षदेखि लोकदोहोरीको  क्षेत्रमा  क्रियाशील खत्रीको प्राय सबै सिर्जनाहरु सन्देशमूलक हुने गरेका छन् । उनको सबै एल्बम नेपाली स्रोताहरूले मन पराउने गरेका छन् । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : २५ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम