एमालेले बोलाए जान्छु : वामदेव गौतम « Khabarhub

एमालेले बोलाए जान्छु : वामदेव गौतम


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफू र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन् । उनले यसअघि आफूलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे ।

७० वर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए । गौतमले आफूले पार्टी छाडेको कहिल्यै पनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे ।

उनले नेकपा एमाले आफूसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे । आफू एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभाव बाड्न जाने उनको भनाइ छ ।

गौतमले आफूबाट एमालेले कुनै नोक्सान नव्यहोर्ने र आफूले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५० बजे

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले