बङ्गलादेशमा आधा शताब्दीयताकै उखरमाउलो गर्मी, हजारौँ विद्यालय बन्द | Khabarhub Khabarhub

बङ्गलादेशमा आधा शताब्दीयताकै उखरमाउलो गर्मी, हजारौँ विद्यालय बन्द


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।

राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।

“सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,” बङ्गलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

सरकारले दशौं हजार प्राथमिक विद्यालयहरू बन्द गरिदिएको छ र एयर कन्डिसनर र पङ्खाहरूको माग बढेपनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ ।

सोमबार, त्यहाँको सरकारले सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बङ्गलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत उपयोगिताको लागत बढेको छ ।

अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ०७ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको