केपिलासगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा « Khabarhub

केपिलासगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोगविरुद्धको खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राईले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् । 

केपिलासगढीका एक वर्षभित्र जन्मेदेखि १५ महिनासम्मको २३४ जना र १६ महिनादेखि २३ महिनासम्मको ११० बालबालिकालाई नेपाल सरकारले निःशुल्क प्रदान गर्ने १३ प्रकारका खोप लगाइदिएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने बाटो खुलेको हो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न योगदान पुर्‍याउने स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको छ । यस्तै, आगामी वर्ष सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने र कसैलाई खोपबाट नछुटाउने प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरिएको छ । 

खोटाङका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ०३ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले