केपिलासगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा « Khabarhub

केपिलासगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोगविरुद्धको खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राईले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् । 

केपिलासगढीका एक वर्षभित्र जन्मेदेखि १५ महिनासम्मको २३४ जना र १६ महिनादेखि २३ महिनासम्मको ११० बालबालिकालाई नेपाल सरकारले निःशुल्क प्रदान गर्ने १३ प्रकारका खोप लगाइदिएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने बाटो खुलेको हो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न योगदान पुर्‍याउने स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको छ । यस्तै, आगामी वर्ष सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने र कसैलाई खोपबाट नछुटाउने प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरिएको छ । 

खोटाङका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै