प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण « Khabarhub

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिङ्गापुरमा सुरु भएको १८औँ हेड अफ नेशनल सेन्ट्रल ब्यूरो एनसिबी सम्मेलनका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन् ।

इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १०० औँ सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले यही जेठ २ गते मङ्गलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।

आगामी शुक्रबार सम्पन्न हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आफ्ना देशका प्राथमिकता, उत्कृष्ट अभ्याससमेत आदान–प्रदान हुने कार्यक्रम रहेको छ ।

एनसिबी काठमाडौँका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा एनसिबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराको समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : १४ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान