प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण « Khabarhub

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण


२४ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिङ्गापुरमा सुरु भएको १८औँ हेड अफ नेशनल सेन्ट्रल ब्यूरो एनसिबी सम्मेलनका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन् ।

इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १०० औँ सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले यही जेठ २ गते मङ्गलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।

आगामी शुक्रबार सम्पन्न हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आफ्ना देशका प्राथमिकता, उत्कृष्ट अभ्याससमेत आदान–प्रदान हुने कार्यक्रम रहेको छ ।

एनसिबी काठमाडौँका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा एनसिबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराको समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : १४ बजे

गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र

गाजा-  इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर