चलचित्र क्षेत्रका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू | Khabarhub Khabarhub

चलचित्र क्षेत्रका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन् । जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए ।

“चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु”, मन्त्री लिम्बूले भने, “हामी भिन्न क्षेत्रमा रहेता पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा उनले विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरे । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए ।

“हामी तेस्रो संस्करणमा आइपुग्दा झनै बृहतरूपमा अगाडि बढिरहेका छौँ । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । हामीमा देखिएको चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरिरहेको छ”, उनले भने ।

महोत्सवको समापन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक दिनेश राउत, गायक कुलेन्द्र विकलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : २५ बजे

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

जेरुसेलम – अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ