चलचित्र क्षेत्रका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू « Khabarhub

चलचित्र क्षेत्रका समस्या सरकारसम्म पुर्‍याउँछु : मन्त्री लिम्बू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन् । जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए ।

“चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु”, मन्त्री लिम्बूले भने, “हामी भिन्न क्षेत्रमा रहेता पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा उनले विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरे । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए ।

“हामी तेस्रो संस्करणमा आइपुग्दा झनै बृहतरूपमा अगाडि बढिरहेका छौँ । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । हामीमा देखिएको चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरिरहेको छ”, उनले भने ।

महोत्सवको समापन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक दिनेश राउत, गायक कुलेन्द्र विकलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : २५ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२