प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । अमेरिका भ्रमणका क्रममा उनले आगामी जुन २२ मा त्यहाँको कंग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

यससँगै उनी अमेरिकी कंग्रेसको बैठकलाई दुई पटक सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन् । यसअघि उनले सन् २०१६ मा पनि कंग्रेसको बैठकलाई सम्बोधन गरेका थिए ।

संयुक्त बैठकलाई सम्बोधन गर्ने विषयमा आएको निमन्त्रणाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गरेका छन् ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्व योग दिवस कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : ३४ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल