प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने


२४ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । अमेरिका भ्रमणका क्रममा उनले आगामी जुन २२ मा त्यहाँको कंग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

यससँगै उनी अमेरिकी कंग्रेसको बैठकलाई दुई पटक सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन् । यसअघि उनले सन् २०१६ मा पनि कंग्रेसको बैठकलाई सम्बोधन गरेका थिए ।

संयुक्त बैठकलाई सम्बोधन गर्ने विषयमा आएको निमन्त्रणाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गरेका छन् ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्व योग दिवस कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको