मेसी इन्टर मियामीमा आबद्ध हुने « Khabarhub

मेसी इन्टर मियामीमा आबद्ध हुने


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् । बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलेका मेसी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् ।

यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्रस्ताव गरेको बताइएको छ । यद्यपि उनले उक्त प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

३५ वर्षे मेसीले आफ्नो करिअरमा ७ पटक बालोन डिओर जितिसकेका छन् । बीबीसीका अनुसार उनले यस सिजन पनि युरोपमै बिताउन चाहेका थिए । यद्यपि युरोपेली क्लबबाट अपेक्षाकृत प्रस्ताव नआएपछि उनी अमेरिका जान लागेका हुन् ।

यसअघि उनी बार्सिलोना फर्किने हल्ला चलेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : ५८ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।