मेसी इन्टर मियामीमा आबद्ध हुने « Khabarhub

मेसी इन्टर मियामीमा आबद्ध हुने


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् । बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलेका मेसी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् ।

यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्रस्ताव गरेको बताइएको छ । यद्यपि उनले उक्त प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

३५ वर्षे मेसीले आफ्नो करिअरमा ७ पटक बालोन डिओर जितिसकेका छन् । बीबीसीका अनुसार उनले यस सिजन पनि युरोपमै बिताउन चाहेका थिए । यद्यपि युरोपेली क्लबबाट अपेक्षाकृत प्रस्ताव नआएपछि उनी अमेरिका जान लागेका हुन् ।

यसअघि उनी बार्सिलोना फर्किने हल्ला चलेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : ५८ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी